घरमा बालकेन्द्रित वातावरण कसरी बनाउने ?

घरमा बालकेन्द्रित वातावरण कसरी बनाउने ?

काठमाडौँ :  बालबालिकाले आफ्नो क्षमता, उमेर, अवस्था, रुचि र इच्छा अनुसार सिक्ने सिकाउने क्रियाकलाप नै बालकेन्द्रित सिकाइ हो ।

बालकेन्द्रित सिकाइको लागि बालबालिकाको रुचि र आवश्यकता अनुसार स्वतन्त्र रुपमा आफ्नो क्षमता चिन्न र निरन्तर विकास गर्ने वातावरण हुनुपर्दछ । उनीहरूले स्वःस्फूर्त रुपमा खुशी भई सिक्नाले दिगो सिकाइ हुन्छ । बालकेन्द्रित सिकाइले जीवन उपयोगी दैनिक सीप विकास गर्न र उनीहरूलाई आत्मनिर्भर हुन सहयोग गराउँदछ ।

घर पहिलो स्थान हो जहाँ बालबालिकाले आधारभूत सीपहरू सिक्छन् । बालकेन्द्रित सिकाइको लागि बालबालिकाका लागि आफ्नो निश्चित ठाउँ बनाइदिनुपर्छ । जस्तै, दराज, र्याक अथवा डालो, ढक्की, कोठाको एक कुना । यसमा बालबालिकाले सजिलो र सुरक्षित रुपमा खेल्न सक्ने सामग्री राखिदिनुपर्छ । बालबालिकालाई खेलेपछि सामग्री आफ्नो ठाउँमा मिलाएर राख्न सिकाउनु पर्दछ ।

घरको भित्र बाहिर स्वतन्त्र, स्वस्थ र सुरक्षित रुपमा खेल्ने र सिक्ने वातावरण हुनु पर्दछ । यसलाई निम्न पक्ष अनुसार सुनिश्चित गर्न सकिन्छ ।

१. सुरक्षित : घरको भित्र र बाहिर खतरामुक्त, भयमुक्त, बालबालिकालाई चोटपटक नलाग्ने, दुर्घटना नहुने किसिमको हुनु पर्दछ । जस्तै, अध्याँरो नभएको, खाल्डाखुल्डी नभएको, काँडा सिस्नो नभएको, विषादी, धारिलो औजार नभएको । बालबालिकाले प्रयोग गर्ने सामग्री शारीरिक तथा मानसिक विकासमा प्रतिकूल असर नपर्ने हुनुपर्छ ।

२. स्वस्थ :  सफा वातावरण बालबालिकाकालागि स्वस्थ वातावरण हो । बालबालिका बस्ने र खेल्ने वातावरण सफा हुनुपर्दछ ।

३. सहज पहुँच :  बालबालिकाका सामग्री बालबालिकाले सजिलै पुग्न सक्ने किसिमले व्यवस्थापन गरीएको हुनुपर्छ ।

४. उत्प्रेरणात्मकः बालबालिकालाई आन्तरिक उत्प्रेरणात्मक मिल्ने वातावरण हुनुपर्छ । त्यस स्थानमा रहँदा बालबालिकालाई स्याबासी तथा प्रेरणा दिइएको हुनुपर्दछ ।

५. समावेशीः कुनै पनि भेदभाव नरहेको, सबैलाई सहभागी हुन सजिलो किसिमको हुनुपर्छ ।

घरको भित्र बाहिर स्वतन्त्र, स्वस्थ र सुरक्षित रुपमा खेल्ने र सिक्ने वातावरण हुनु पर्दछ

बालकेन्द्रित क्रियाकलापहरू:खेल
कथा
गीत, संगीत
नाच र अभिनय
चित्र र रंङको त्रियाकलाप
प्रकृति अवलोकन
पानी, माटो को क्रियाकलाप

बालकेन्द्रित सिकाइबाट बालबालिकालाई हुने फाइदाहरू : 

-सक्रियता र स्वप्रोत्साहन मिल्दछ
-कल्पना र सोचाइ सीप विकास हुन्छ
-अन्तरक्रिया र सञ्चारको सीप विकास हुन्छ
-सिकाइ अनुभव र आत्मविश्वास बढ्छ
-विषयवस्तुप्रतिको सकारात्मक धारणा विकास हुन्छ
-सकारात्मक सम्बन्धको विकास हुन्छ
-समस्या समाधान र उत्तरदायित्वको सीप विकास हुन्छ
-सिकाइका जिम्मेबार बन्न प्रोत्साहन गर्छ

युनिसेफबाट

प्रतिक्रिया