मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न : ‘अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ ?’

मुख्यमन्त्रीलाई राउटे बालकको प्रश्न : ‘अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ ?’

सुर्खेत : कर्णाली र सुदुरपश्चिम आसपासका जंगलहरुमा फिरन्ते जीवन बिताउदै आएका राउटे समुदाय समयको चक्रसँगै परिर्वतन हुँदै आएका छन् । कुनै समय थियो उनीहरु अन्य समुदायको नजिक पर्न रुचाउदैनन् थिए । तर पछिल्लो समय आफ्ना समस्याबारे सरकारसँग कहिले प्रत्येक्ष रुपमा सहभागिता जनाएर त कहिले फान मार्फत आफ्ना समस्या राखिरहेका हुन्छन् ।

सोमवार उनै राउटे समुदायका बालबालिकाले पनि आफ्नो बालअधिकारको हतहितको लागि कर्णालीका मुख्यमन्त्रीलाई प्रश्न गरेका छन् । लोपोन्मुख राउटे समुदायका एक बालकले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग फोन मार्फत आफ्ना हकहित सम्बन्धि मुख्यमन्त्रीलाई पश्न गरेका थिए ।

दैलेखको भगवतीमाइ गाउँपालिकामा बाट फोनमार्फत जोडिएका राउटे बालक सुविन शाहीले ‘अन्य बालबालिका जस्तै हामीले पढ्न किन पाउँदैनौँ ?’  , ‘सरकारले हाम्रा लागि पनि योजना किन ल्याउँदैन ?, ’ उनले भने ।

राउटे बालक सुविन शाहीको प्रश्नमा मुख्यमन्त्री शाहीले राउटे बालबालिका पढ्न चाहेको खण्डमा आफूहरु विद्यालयसमेत खोलिदिन तयार रहेको बताए । ‘राउटे समुदायका बालबालिका पढ्न नै चाहँदैनन्,’ उनले भने, ‘तपाईँहरु पढ्न तयार भएको खण्डमा हामी घर पनि बनाईदिन तयार छौँ तर मान्नुहुन्न ।’

मुख्यमन्त्री शाहीकै गृहजिल्ला हुम्लाका एक बालकले आफ्नो विद्यालयमा पुस्तक नपुग्दा पढ्न असहज भएको बबताए । जवाफमा मुख्यमन्त्री शाहीले केही जिल्लामा विभिन्न कारणले पुस्तक उपलब्ध गराउन नसकेको स्वीकार गर्दै चाँडै नै पुस्तक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सुर्खेतका सारिका प्रधान र दर्पण शाहीले नीजि र सरकारी विद्यालयबीच सरकारले किन विभेद गरिरहेको भन्दै प्रश्न गरेका छन् । उनीहरुको प्रश्नमा मुख्यमन्त्री शाहीले नीजि विद्यालयले नीजिस्तरबाट विभिन्न सुविधासहित नाफामुलक ढंगले खोलिएका कारण सरकारले सामुदायिक भन्दा कम सुविधा दिने गरेको बताए ।

यस्तै, बालबालिकाले बालश्रम, बालविवाह, प्रदेशभर स्वास्थ्य सेवा उपलब्धता, बलात्कारलगायत विषयमा पनि प्रश्न गरेका छन् । उनीहरुले राखेको जिज्ञासाबारे जवाफ दिँदै मुख्यमन्त्री शाहीले जनचेतनाको अभावका कारण कर्णालीमा बालविवाह न्युनिकरण हुन नसकेको स्वीकारे गरे ।

प्रतिक्रिया