मुगुमा १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार

मुगुमा १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार

मुगु : मुगुमा १३ बर्षीया बालिका सामूहिक बलात्कारमा परेकी छिन् । छायाँनाथ रारा नगरपालिका-१३ लुमगाउँ नजिकै गमगढी बाम कच्ची सडक खण्डमा २३ भदौ राति १२ बजेतिर तीन युवाले सामूहिक बलात्कार गरेको आरोप छ ।

पीडितको उजुरीका आधारमा बलात्कार आरोपमा छायाँनाथ रारा नगरपालिका-४ का २१ वर्षीय श्रीष्ट महतारा, कालिकोट सान्नी त्रिवेणी गाउँपालिका-३ रखुका स्थायी घर भई हाल छायानाथ रारा नगरपालिका-१४ बामगाउँमा बस्दै आएका १८ वर्षीय देवराज जैशीलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको छ ।

एक आरोपी १३ वर्षीय बालकलाई भने कानुनअनुसार संरक्षकको जिम्मामा छाडेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

उनका अनुसार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा राखी विस्तृत अनुसन्धान भइरहेको छ ।

 

 

प्रतिक्रिया