संविधान दिवसको अवसरमा स्रोत केन्द्र स्तरी कार्यक्रम सम्पन्न
।
दुर्गा वि.सी
सविधान दिवसको अवसरमा हाजिर जवाफ र वक्तृत्व कला प्रतियोगिताको आयाजना गरिएको छ । मावि स्तर हाजिर जवाफ तथा वक्तृत्व कला प्रतियोगितामा ५ सामुदायिक मावि र २ निजि वोर्डिङ्ग स्कुलले भाग लिएका थिए ।
शंखपिपल स्रोत केन्द्र र संग्रहि स्रोत केन्द्रको संयुक्त आयोजनामा विद्यालय स्तरीय हाजिर जवाफ र वक्तृत्व कला प्रतियोगिताको आयोजना गरिएको स्रोत व्यक्ति नरभुपाल शाहले वताए । संविधान दिवसको अवसरमा संविधान सम्वन्धीकै विषयमा वक्तृत्व तथा हाजिरी जवाफ प्रतियोगिता भएको छ । हाजिर जवाफ तर्फ लङ्ग ग्रिनरिभर वोर्डिङ्ग स्कुल सल्लीवजार प्रथम, उमावि च्युरा दोस्रो र तेस्रोमा कृष्ण वोर्डिङ्ग स्कुल देवस्थल भएको छ । त्यसै गरि वक्तृत्व कला प्रतियोगितामा उमावि च्युरा प्रथम,दोस्रोमा ग्रिनरिभर वोर्डिङ्ग स्कुल सल्लीवजार र तेस्रो कृष्ण वोर्डिङ्ग स्कुल देवस्थल भएको शंखपिपल स्रोत केन्द्रका स्रोत व्यक्ति गोवरधन थापाले जानकारी दिनु भएको छ । कार्यक्रम प्रभाकर मावि देवस्थलमा भएको थियो ।
प्रतिक्रिया