ठाटीकाँधमा मावि स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

ठाटीकाँधमा मावि स्तरीय हाजिरीजवाफ प्रतियोगीता सम्पन्न

सुर्खेत :  दैलेखको ठाटीकाँध गाउँपालिकामा माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । ५८औँ राष्ट्रिय बालदिवसको अवसरमा ठाटीकाँध गाउँपालिकाको आयोजना र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सम्पन्न भएको हो । ठाटीकाँध गाउँपालिकाको ३० हजार र सामाजिक सेवा केन्द्र सोसेकको १६ हजार गरी ४६ हजार बराबरको कार्यक्रम गरिएको सहकार्य परीयोजना ठाटीकाँधका संयोजक जीवराज रेग्मीले बताए ।

 

उनका अनुसार ५८औँ बालदिवसको अवसर पारे बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायि सरकार भन्ने मुल नाराका साथ श्री कृष्ण मावि लकान्द्रमा सम्पन्न भएको थियो । ¥यालीसहित नारा लगाउदै श्री कृष्ण माध्यामिक विद्यालय देखि ठाटीकाँध बजार, गाउँपालिका परिक्रमा सहित पुन श्री कृष्ण माध्यामिक विद्यालयमा फर्किएको थियो । हाजिरी जवाफमा ५० वटा प्रश्न रहेका थिए  ।

 

कृष्ण मावि लकान्द्रले १३ अंक ल्याएर प्रथम, मालिका मावि ठिमुरेले १२ अंक ल्याएर दोस्रो भएको सामाजिक परिचालक मनसरा बिष्टले बताइन् । त्यस्तै देउती मावि गैरागाउँले ८ अंक ल्याएर तेस्रो, मालिका मावि पाँचलाले ७ अंक ल्याएर चौथो र दशरथ मावि प्याडुल्ली ३ अंक ल्याएर पाँचौ भएको बिष्टले बताइन् ।

हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको श्री कृष्ण मावि लकान्द्रले ३५ सय रुपैँया पुरस्कार, दोस्रो हुने मालिका मावि ठिमूरेले तीन हजार पुरस्कार, तेस्रो हुने देउती मावि गैरागाउँले २५ सय पुरस्कार र चौथो हुने मालिका मावि पाँचलालाई दुइ हजार पुरस्कार वितरण गरिएको थियो ।

साथै सामाजिक सेवा केन्द्र (सोसेक)ले सहभागी विद्यालयका सबै विद्यार्थीलाई ३ /३ वटा सामान्य ज्ञान र अंग्रेजि ब्याकरणका किताब हस्नान्तरण गरेको थियो ।

 

प्रतिक्रिया