सुर्खेतमा निर्माणधीन घरबाट खसेर महिलाको मृत्यु

सुर्खेतमा निर्माणधीन घरबाट खसेर महिलाको मृत्यु

सुर्खेत :  सुर्खेतमा आफ्नै निर्माणधीन घरबाट खसेर महिलाको मृत्यु भएको छ। निर्माणाधीन घरको २ तले छतबाट खसेर वीरेन्द्रनगर नगरपालिका-१ धारापानी नजिक निवासी ६६ वर्षीया ननीकला खत्रीको मृत्यु भएको हो।

छतबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल (कालागाउँ, सुर्खेत) मा बिहीबार साँझ मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया