सैनिक जवानले दिएको रगतले डोटीमा बालिकाको ज्यान जोगियो

सैनिक जवानले दिएको रगतले डोटीमा बालिकाको ज्यान जोगियो

डोटी :  डोटीमा नेपाली सेनाका एक जवानले गरेको रक्तदानबाट १५ वर्षीया एक बालिकाको ज्यान बचेको छ । आदर्श गाउँपालिका वडा नं ४ देहिमाण्डौँकी १५ वर्षीया बालिका सरीता विष्टको ज्यान जोगिएको हो ।

जण्डिसका कारण गम्भीर बिरामी परेकी विष्टलाई स्थानीय बासिन्दाले जिल्ला अस्पताल डोटीमा उपचारका लागि लगेका थिए । उपचारका क्रममा रगतको कमी भएको डाक्टरले बताए पनि रगत अभाव हुँदा समस्या भएको थियो ।

ए पोजेटिभ रगत अभावमा उपचार प्रभावित भएको र रगतका लागि भैरवप्रसाद गणमा सूचना पुगेपछि त्यहाँ कार्यरत जवान कमल खनालले रगत दान गरेका हुन् । डोटीमा रक्तसञ्चार केन्द्र नभएका कारण रगतको आवश्यकता परेका बिरामी तथा उनीहरुका आफन्तले रगतका लागि सेना प्रहरी कहाँ धाउने गरेका छन्।

प्रतिक्रिया