मोटरसाइकल सहित चार जना पक्राउ

दैलेख : दैलेख प्रहरीले मोटरसाइकल सहित चार जनालाई पक्राउ गरेको छ । बिहीवार दैलेखको गुराँस गाउँपालिका–१ पातलखोलास्थित घरबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दैलेख चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ४ र ८ बस्ने ४ जना अभियुक्तहरुलाई २ वटा मोटर साईकल चोरी गरी लादै गरेको गरेको अवस्थामा पक्राउ गरिएको हो ।
क.प्र. ००१ प २०९ र लु. ८० प २०१८ तथा उनिहरु चढि आएको भे.४ प ८५८३ ,लु.८० प १९३५ नं. को मोटरसाइकल तथा ४ जना अभियुक्तहरुलाई स्थानिय ब्यक्तिहरुको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथी जिल्ला अदालत दैलेखबाट अनुमति लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया