नेता भण्डारीको २० औ सहिद पुर्ण स्मृति सभा सम्पन्न

नेता भण्डारीको २० औ सहिद पुर्ण स्मृति सभा सम्पन्न

दैलेख : तत्कालिन नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापती पुर्ण बहादुर भण्डारीको २० औ सहिद पुर्ण स्मृति सभा मनाइएको छ ।

नेपाली काङ्ग्रेस निर्बाचन क्षेत्र न -२ (क) प्रदेश कार्य समितीको आयोजनामा स्मृति सभा मनाइएको हो । दुल्लु नगरपालिका ८ बालेश्वर मा सम्पन्न भएको । दुल्लु गाउँ विकाु समितिका पुर्वअध्यक्ष तथा तत्कालिन नेपाली काङ्ग्रेस का क्षेत्रीय सभापती स्वर्गिय भण्डारी लाई २०५९ असोज १२ गते तत्कालिन बिद्रोही माओबादिले गला रेटेर हत्या गरेको थियो ।

प्रदेश सभापती टकं प्रसाद रिजाल को सभापतित्वमा कर्णाली प्रदेश कार्य समितिको सदस्य भक्ती प्रसाद उपाध्यायको प्रमुख आथित्यता रहेको थियो । काङ्ग्रेस नेता मिठ्ठु कार्की, किरण कुमार भण्डारी,भरत प्रसाद रिजालले आफ्नो भनाई राखेका थिए ।

त्यस्तै सुर्य बहादुर बिश्वकर्मा, धर्मनाथ योगी, कलम बहादुर नेपाली, लालबहादुर रावत, आग्ने सार्की, केशब बहादुर भण्डारी, जनक कार्की, हरि थापा, झक्क बहादुर बिष्ट, सहिद परिवारको तर्फबाट छोरा घनश्याम भण्डारी लगाएतले नेताहरुले धारण राखेका थिए ।

प्रतिक्रिया