राष्ट्रिय खेलकुदका लागि रुकुम पूर्वबाट तीन जना छनोट

राष्ट्रिय खेलकुदका लागि रुकुम पूर्वबाट तीन जना छनोट

रुकुम पुर्व : रुकुम पूर्वबाट तीन जना राष्ट्रिय खेलकुदका लागि छनोट भएका छन् । आउँदो असोज २८ गते देखि कात्तिक ३ गते सम्ममा हुन गइरहेको कास्कीको पोखरामा ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि रुकुम पूर्वबाट पहिलो पटक तीन जना खेलाडी राष्ट्रिय खेलकुदका लागि छनोट भएका हुन् ।

राष्ट्रिय खेलाडीमा छनोट हुनेहरूमा महिला भलिबल तर्फको भूमे गाउँपालिका–१ का अस्मिता पुन मगर, भूमे–९ का संगिता रोका मगर र महिला कराते ५० केजी तर्फको भूमे–६ का वर्षा बुढा मगर छनोेट भएका छन् ।

भर्खरै सम्पन्न भएको ९ औँ लुम्बिनी प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा रुकुम पूर्व पहिलो भएको थियो । उक्त टिमबाट पुन र रोका राष्ट्रिय खेलकुदका लागि छनोट भएका छन् भने ५० केजी महिला कराते तर्फ बुढा प्रदेशमै पहिलो भएका थिए ।

यस्तै ९ औँ लुम्बिनी प्रदेश स्तरीय राष्ट्रिय खेलकुदमा रुकुम पूर्वबाट विभिन्न विधिका खेलाडीले स्थान हासिल गर्न सफल भएको समेत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नामेन्द्र सुनारले बताए ।

पुरुष ४९–५७ केजी तर्फको डबलुटीएफ तेक्वान्दोमा विनम बुढा मगर तेस्रो, पुरुष ४५–४९ केजी आइटीएफ तेक्वान्दोमा नवराज बुढा मगर तेस्रो, पुरुष ५०–५४ केजी आइटीएफ तेक्वान्दोमा शुभव बिक दोस्रो, पुरुष ५५–५९ केजी आइटीएफ तेक्वान्दोमा अशोक बुढा मगर तेस्रो, महिला ५०–५४ केजी आइटीएफ तेक्वान्दोमा दिनिका शाह तेस्रो र पुरुष ५०–५४ केजीको कराते तर्फ सुविन्द्र सुनार दोस्रो भएको अध्यक्ष सुनारले बताए ।

प्रतिक्रिया