जुम्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो

जुम्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुग्यो

सुर्खेत :  जुम्लाको कनका सुन्दरी गाउँपालिका–५ वारेकोटडाँडामा पहिरोले घर भत्किँदा पुरिएर मृत्यु हुनेको संख्या ६ जना पुगेको छ ।

मृत्यु हुनेमा घरमुली ५५ वर्षीया गणेशबहादुर शाही, उनका २२ वर्षीया छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही ६ वर्षका मिलन शाही र उनकी श्रीमती पानसरा शाहीको मृत्यु भएको छ । यस्तै २४ वर्षीया सुरेन्द्र हमालको पनि मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृत्यु भएको मध्ये पाँच जना एकै घरका हुन् भने सुरेन्द्र हमाल छिमेकी हुन् ।

यस्तै २२ वर्षकी विद्या शाही अझै बेपत्ता रहेकी छन् । शनिबार बिहान् ४ः०५ बजे सुतिरहेको अवस्थामा घर माथिबाट पहिरो आई घर भत्किएको थियो । ​

यस्ते घाइते बर्ष ५० की सरस्वती हमालको अबस्था पनि नाजुक रहेको प्रहरीले बताएको छ । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ, भने स्थानीय राम बहादुर हमाल पछि घाइते भएका छन् । अहिले त्यहाँ ५ जनाको प्रहरी टोलीबाट उद्धार कार्य भइरहेको छ ।

 

प्रतिक्रिया