नवौँ खेलुकद : महिला क्रिकेट आइतबारदेखि

नवौँ खेलुकद : महिला क्रिकेट आइतबारदेखि

काठमाडौँ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ। पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र मधेश प्रदेश भिड्दैछन्। खेल बिहान सबा ९ बजे सुरु हुनेछ।

प्रतियोगिताको पहिलो दिन आइतबार दुई खेल हुनेछ। भोलि नै हुने अर्को खेलमा सुदुर पश्चिम र बागमती प्रदेश भिड्नेछन्। खेल सवा १ बजे सुरु हुनेछ।

प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समुहमा बाडिएको छ। समुह ए मा सशस्त्र प्रहरीको एपीएफ, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदुर पश्चिम र बागमती प्रदेश छन्।

समूह बी मा नेपाल प्रहरी, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन्।

प्रतिक्रिया