रुकुम पश्चिमका ९२ वटा विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

रुकुम पश्चिमका ९२ वटा विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

रुकुमपश्चिम :  चालु आर्थिक वर्ष २०७९/०८० मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रुकुम पश्चिमका ९२ वटा सामुदायिक विद्यालय छनोटमा परेका छन् । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६ वटै स्थानीय तहका ९२ वटा सामुदायिक विद्यालय छनोटमा परेका हुन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निकालेको तथ्याङ अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरर्गत रुकुम पश्चिममा उक्त संख्यामा सामुदायिक विद्यालय छनोटमा परेका हुन् ।

त्रिवेणी गाउँपालिकामा सबै भन्दा बढि २४ वटा सामुदायिक विद्यालय छनोटमा परेका छन् । त्यस्तै आठबीसकोट नगरपालिकामा १९, चौरजहारी नगरपालिकामा १२, सानीभेरी गाउँपालिकामा १७ सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन् ।

बाफिकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा भने समान १०/१० वटा सामुदायिक विद्यालय छनोट भएका छन् । छनोटमा परेका विद्यालयमा २ कोठे भवन, ४ कोठे भवन निर्माण र आईसिटी ल्याब स्थापनाको काम हुने छ । २ कोठे भवन निर्माणको लागि २५ लाख, ४ कोठे भवनको लागि ५० लाख र आईसिटी ल्याबका लागि ६ लाख ५० हजार बजेट प्राप्त हुनेछ ।

प्रतिक्रिया