पिङ खेल्ने क्रममा एकको मृत्यु

पिङ  खेल्ने क्रममा एकको मृत्यु

दैलेख : दैलेखमा पिङ खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । नारायण नगरपालिका–६ काडाचौरका १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताए । पिङ खेल्ने क्रममा लडी घाईते भएका बोगटीको उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

‘दिउँस ३ बजेतिर नारायण नगरपालिका–६ काँडाचौर बसपार्क स्थित पिंङ खेल्ने क्रममा पिङबाट खसेर घाईते भएका बोगटीलाई उपचारका लागि दैलेख अस्पताल भर्ना गरिएको थियो,’ प्रहरी निरीक्षक कार्कीले भने ‘उपचारको क्रममा निधन भयो ।’ मृतकको शव पोस्ट मार्टमका लागि अस्पतालमै राखिएको र प्रहरीले थप अनुसन्धान थालेको छ ।

नारायण नगरपालिका–६ का वडाध्यक्ष जनक न्यौपानेका अनुसार पिङ खेल्न सुरु गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासी पिङबाट लडेका थिए ।

प्रतिक्रिया