नेपाललाई कतारले पठायो ४ टन स्वास्थ्य सामग्री

नेपाललाई कतारले  पठायो ४ टन स्वास्थ्य सामग्री

काठमाण्डौँ  : कतार सरकारले नेपाललाई ४ टन स्वास्थ्य सामग्री पठाएको छ। कतार फण्ड फर डेभलपमेन्ट (क्यूएफएफडी) ले नेपालमा कोभिड-१९ महामारीलाई सहयोग गर्न ४ टन अक्सिजन कन्सेन्ट्रेटर र १६४ केजी रेमडेसिभिर इन्जेक्सन पठाएको हो ।

काठमाडौँस्थित कतार दूतावासका प्रथम सचिव खालिद अब्दुल्ला अल इब्राहिमले नेपालका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट खोप अधिकृत ओमप्रसाद उपाध्याय र स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत समीक्षा थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

यो सहयोगले नेपालको स्वास्थ्य सेवा प्रणालीको प्रवर्द्धनमा निर्णायक भूमिका खेल्ने र नेपालमा व्यापक रूपमा फैलिएको कोभिड-१९ विरुद्ध लड्न योगदान पुर्याउने अपेक्षा गरिएको कतार सरकारले जनाएको छ ।

प्रतिक्रिया