माओवादी नेता पुन फलोअप उपचारका लागि चीन जाँदै

माओवादी नेता पुन फलोअप उपचारका लागि चीन जाँदै

काठमाडौं :  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि पुनः चीन जाने भएका छन् ।

नेता पुनलाई पुरानै रोग वंशाणुगत रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्।

उनी संयुक्त अरब इमिरेट्सको उडानबाट दुबई, ग्वान्झाओ हुँदै चीनको सेनजेन जाने बताइएको छ । नेपाल–चीन नियमित उडान नभएका कारण नेता पुन साँझ ७ बजे इमिरेट्सको उडानबाट चीन जानेछन् ।

उनीसँगै उनकी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्ती र छोरी शीला पनि सेनजेन जाने पुनको सचिवालयले जानकारी दिएको छ। यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार भएको थियो ।

प्रतिक्रिया