बालअधिकारका लागि नेतृत्व विकास तालिम संचालन

बालअधिकारका लागि नेतृत्व विकास तालिम संचालन

सुर्खेत :  सुर्खेतको वीरेन्द्रनगरमा बालअधिकारका लागि नेतृत्व विकास तालिम संचालन भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना र प्रदेशमा रहेर बालअधिकारको क्षेत्रमा काम गर्ने ३१ वटा गैरसरकारी संस्थाहरुको छातासंगठन बालअधिकारका लागि साझा अभियान कर्णालीको समन्वयमा संचालन भएको हो । यो कार्यक्रम मंसिर २१ र २२ गते सम्म संचालन हुने छ ।

कर्णालीमा विद्यामान बालबालिकको सवालहरुको पहिचान गरी समाधानकोे लागि पैरवी तथा अभियान योजना तयार गर्ने उद्धेश्यले संचालन गरिएको बाल अधिकारका लागि साझा अभियान कर्णालीका संयोजक टेकराज आचार्यले बताए ।

बालअधिकारका लागि नेतृत्व विकास तालिममा बालक्लबमा आवद्ध भएका कर्णालीका आठवटा जिल्लाबाट ३७ जना बालबालिकाको सहभागिता रहेको छ । बालबालिका सहित ३१ जना अभिभावक गरेर ६८ जनाको सहभागिता रहेको आचार्यको भनाई छ ।

कार्यक्रममा बालअधिकारका लागि साझा अभियान कर्णालीका संयोजक टेकराज आचार्य, सेभ द चिल्डे«नका बरिष्ठ परियोजना संयोजक जुठिराम चौधरी, प्लान इन्टरनेश्नलका दुर्गा क्षेत्रीको कार्यक्रममा अतिथीका रुपमा उपस्थिती रहेको थियो ।

त्यस्तै यूएसएआईडी, एआरएच केयर नेपालबाट रजनीकान्त चौधरी, मिलन काकी, कोपिला भ्याली सेवा समाजबाट अतिथीका रुपमा उपस्थिती रहेको थियो ।

प्रतिक्रिया