पत्रकार हिक्मत नेपालीलाई मिडिया अवार्ड

सुर्खेत : पत्रकार हिक्मतबहादुर नेपाली मिडिया अवार्डबाट सम्मानित भएका छन् । ‘बालविवाह अन्त्यका लागि मर्यादित महिनावारी’ भन्ने मुल नारासहित बिहिवार मनाईएको चौथो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अबसरमा अन्नपूर्णकर्मी नेपालीलाई अवार्ड प्रदान गरिएको हो । दिवसका अबसरमा भर्चुअल रुपमा आयोजित सम्मेलनमा अवार्ड घोषणा गरिएको छ ।
महिनावारी विभेदलाई न्यूनिकरणमा पत्रकारिताको माध्ययमबाट योगदान पु¥याएको भन्दै उनलाई अवार्ड प्रदान गरिएको हो । ग्लोबल साउथ कोलिसन फर डिग्नीफाइड मेन्सुरेशन, राधा पौडेल फाउन्डेशन र मर्यादित महिनावारी अभियान नेपालले मिडिया अवार्ड प्रदान गरेको हो । अवार्ड अन्तरगर्त प्रमाणपत्र र नगद पुरस्कार रहेको बताईएको छ ।
हाल अन्नपूर्ण पोस्ट् र ज्वाला सन्देश अनलाइनमा कार्यरत पत्रकार नेपाली विगत १० वर्षदेखि सक्रिय पत्रकारितामा आबद्ध छन् । उनि अन्नपूर्ण पोस्ट्को दैलेख संवाददाता तथा ज्वाला सन्देश डटकमका कार्यकारी सम्पादक हुन् ।
उनको पत्रकारिताको सुरुवात धमाका राष्ट्रिय दैनिकबाट भएको हो । त्यहाँ उनि संवाददाताको रुपमा काम गर्थे । त्यसपछि उनले दैलेखबाट प्रकाशन भएका परिवर्तन दैनिकको कार्यकारी सम्पादक हुँदै, पञ्चकोशी दैनिकको सम्पादकको भूमिका निर्वाह गरिरहेका छन् । नेपाल समाचारपत्र र राससको जिल्ला संवाददाताको रुपमा काम गरेको अनुभव उनिसँग छ ।
प्रतिक्रिया