ठाटीकाँधमा स्कुल साइड स्वास्थ्य शिक्षा सरसफाई कार्यक्रम सम्पन्न

ठाटीकाँधमा स्कुल साइड स्वास्थ्य शिक्षा सरसफाई कार्यक्रम सम्पन्न

सुर्खेत :  दैलेखको ठाटीकाँध गाउँपालिका -५ मालिका माध्यामिक स्कुल साइड स्वास्थ्य शिक्षा सरसफाई र पोषण सम्बन्धि कार्यक्रम गरिएको छ ।
एइ.आइ.एन लक्जेम्वर्गको आर्थिक सहयोग ठाटीकाँध गाउँपालिकाको समन्वय तथा सामाजिक सेवा केन्द्र (सोसेक)द्धारा संचालित सहकार्य परियोजनाको सहजिकरणमा सम्पन्न भएको हो ।

गाउँपालिकाको -५ नम्बर वडामा पर्ने मालिका माध्यामिक विद्यालय ठिमुरेमा गरिएको कार्यक्रममा अभिभावक, विद्यालयका शिक्षक, र बालबालिका बिच कार्यक्रम गरिएको सहकार्य परियोजना स्वास्थ्य प्राविधिक अनुजा पन्तले जानकारी बताइन् ।

उनका अनुसार इस्कुल साइड स्वास्थ शिक्षा , सरसफाई र पोषण सम्बन्धि कार्यक्रममा ७ जना अभिभावक, छ जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा बालबिवाह, महिनावारी विभेदका विषयमा पनि छलफल गरिएको स्वास्थ्य प्राविधिक पन्तको भननाई छ ।

प्रतिक्रिया