क्यानद्वारा लामिछानेमाथिको निलम्बन फुकुवा
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।
मंगलबार पोखरामा बसेको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिनअघिमात्र धरौटीमा रिहा भएका थिए । क्यानले सन्दीपलाई गत भदौ २३ मा निलम्बन गरेको थियो ।
प्रतिक्रिया