शनिबार “नपुरीएका घाउहरु” बिमोचन

दैलेखः शनिबार नपुरीएका घाउहरु बिमोचन हुने भएको छ । दैलेखको ठाटीकाँध गाउँपालिका -२ मा जन्मेका साहित्यकार जङ्ग बोगटिको उपन्यास नपुरिएका घाउहरु विमोचन तथा खुल्ला रचना बाचन कार्यक्रम हुने भएको हो ।
कला साहित्य उत्थान (कसाउ) नेपालको आयोजनामा शनिबार एक कार्यक्रमका बिच नपुरिएका घाउहरु बिमोचन हुने साहित्यकार जङ्ग बोगटीले बताए । उनले कार्यक्रममा सबैलाई उपस्थित भइदिनुहुन अनुरोध समेत गरेका छन् । कार्यक्रमको मेडिया पाटनर मातृभूमी एफ.एम. गज्जब नेपाल, तरुण मिडिया, ज्वाला संदेश र खुल्ला प्रेस अनलाईन रहेका छन् । कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा हुने छ ।
प्रतिक्रिया