चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन ९ देखि हुने

चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन ९ देखि हुने

फाइल तस्बीर

रुकुम पश्चिम : रुकुम पूर्वको सिस्ने गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन ९ देखि हुने भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बिहिबार बसेको बैठकले आगामी फागुन ९ देखि ११ गतेसम्म पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड संचालन गर्ने निर्णय गरेको हो । सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी माविमा शिल्ड संचालन हुने छ ।

रनिङ शिल्डमा गाउँपालिका भित्रका १० वटा माविले सहभागिता जनाउने गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत मंगलसिंह बुढाले बताए । शिल्डमा छात्र, छात्रा भलिबल, छात्र, छात्रा कबड्डी, एथ्लेटिक्स तर्फ छात्र, छात्रा १ सय मिटर, २ सय मिटर, ८ मिटर, १५ सय मिटर र ३ हजार मिटरको दौड संचालन हुने छ ।

त्यस्तै रिले दौड छात्र छात्रा रिले दौड, उफ्रने, फ्याँक्ने (फिल्ड) तर्फ छात्र, छात्रा हाइजम्प, लङजम्म, त्रिपलजम्प, ज्याभलिङ थ्रो र सटफुट खेल पनि संचालन हुने शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत बुढाले बताए । शिल्डमा १८ भन्दा मुनिका विद्यार्थीहरु सहभागी हुन पाउँने उनको भनाई छ । -कखरा

प्रतिक्रिया