मैतीदेवी प्रहरी विटमा चल्यो महानगरको डोजर
काठमाडौँ : काठमाडौंको मैतीदेवीस्थित नेपाल प्रहरी विटमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। मंगलबार दिउँसो महानगरपालिकाले प्रहरी विटमा डोजर चलाएको हो ।
नेपाल प्रहरीसँग समन्वय गरेर बिट भत्काइएको महानगरपालिकाले जनाएको छ। मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर विट निर्माण भएको थियो । त्यहाँको विट अन्यत्र व्यवस्थापन गरिने महानगरपालिकाले जनाएको छ।
मैतीदेवी चोकमा उक्त विट हुँदा सवजारी आवागमनमा समेत समस्या भएको थियो।
प्रतिक्रिया