होटल, रेष्टुरेन्ट र बारहरु राती ११ बजेसम्म संचालन गर्न पाइने

होटल, रेष्टुरेन्ट र बारहरु राती ११ बजेसम्म संचालन गर्न पाइने

सुर्खेत :  सुर्खेतका होटल, रेष्टुरेन्ट र बारहरु राती ११ बजेसम्म संचालन गर्न पाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयको पूर्ण व्यावसाय संचालन सम्बन्धि कार्यविधी, २०७९ अनुसार क्लब, डिस्को, डान्स, दोहोरी, रेष्टुरेन्ट, लउन्ज तथा बारहरु, होटल, कफिसप र खाजा खुवाउने ठाउँहरु राती ११ बजेसम्म संचालन गर्ने पाइने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुचना जारी गर्दै जानकारी दिएको छ ।

मंगलबार जारी सुचनामा फागुन १ गतेभित्र व्यावसाय संचालन गर्ने व्यावसायीहरुले संचालन अनुमतीका लागि सुचिकृत गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया