कर्णाली सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री जिसी

कर्णाली सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री जिसी

सुर्खेत :  कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीलाई तोकिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रवक्ताको जिम्मेवारी जिसीलाई दिने निर्णय गरेको हो ।

साथै बैठकले फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो साताको बुधबार बस्ने निर्णय पनि गरेको छ । बैठकले एकीकृत बस्ती विकास कार्यक्रम नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया