रक्षामन्त्री उप्रेती फागुन १ गते भारत भ्रमणमा जाने

काठमाडौँ : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आफ्नो विदेश यात्रा भारतबाट थाल्ने भएका छन् । भारतीय समकक्षी राजनाथ सिंहको निमन्त्रणामा उप्रेती फागुन १ देखि पाँच दिन लामो भ्रमण गर्न लागेका हुन् ।
रक्षा मन्त्रालयले उप्रेतीको भारत भ्रमणसम्बन्धी प्रस्ताव मन्त्रिपरिसदमा पठाएको थियो । सोमबार बसेको मन्त्रिपपरिषद बैठकले उप्रेतीको भारत भ्रमण कार्यक्रमलाई स्वीकृति दिएको छ ।
उनी मंसिर ४ को निर्वाचनमा सर्लाहीबाट विजयी भएका हुन् ।
प्रतिक्रिया