त्रिवेणीमा निःशुल्क गर्भ जाँच

त्रिवेणीमा निःशुल्क गर्भ जाँच

रुकुम पश्चिम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले निस्शुल्क ग्रामिण अल्ट्रासाउन्ड र क्षयरोग खोजपड्ताल शिविर संचालन गरेको छ । स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा मंगलबार देखि सुरू भएको शिविर माघ २७ गतेसम्म संचालन हुनेछ । पहिलो दिन माघ २४ गते सिम्रुतु स्वास्थ्य चौकी सिम्रुतुमा शिविर संचालन भएको छ ।

दोश्रो दिन बिहिबार खारा स्वास्थ्य चौकी खुम्चेरी, तेश्रो दिन माघ २६ गते मुरु स्वास्थ्य चौकी मुरु र चौंथो दिन माघ २७ गते पेउघा स्वास्थ्य चौकी पेउघामा शिविर संचालन गरिने स्वास्थ्य संयोजक प्रेमबहादुर पुनले जानकारी दिए । उनका अनुसार शिविरको पहिलो दिन सिम्रुतु स्वास्थ्य चौकीबाट ९१ जना महिला र १६ जना पुरुष गरी १०७ जनाले सेवा लिएका छन् ।

३० जना गर्भवती महिलाले अल्ट्रासाउन्ड सेवा, १५ जनाले ए।एन।सी। सेवा , ६ जनाले ए।एफ।वि टेस्ट सेवा र सामान्य उपचार ओपिडी सेवा ७१ जनाले लिएको बताइएको छ । शिविरमा गाउँपालिका अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा। छविलाल नेपाली सहित सिनियर अनमी दिक्षा पुन, ल्याब टेक्निसियन भरतबिक्रम बिसी, असिष्टेन्ट चन्द्रप्रकाश ओली लगायत खटिएका छन् ।

गर्भवती महिलाको लागि निस्शुल्क भिडिओ एक्सरे तथा प्रयोगशाला सेवा, खकारको नमूना संकलन र परिक्षणको सेवा दिइरहेको प्रमुख प्रसासकिय अधिकृत प्रेमबहादुर घर्तीले बताए । गर्भवतीलाई गाउँमै गर्भजाँच सेवा दिने र क्षयरोगीको पहिचान गर्ने उदे्श्यले शिविर आयोजना गरिएको उनको भनाई छ ।

प्रतिक्रिया