सोसेकद्धारा राउटेलाई खाद्यन्न सहयोग

सोसेकद्धारा राउटेलाई खाद्यन्न सहयोग


सुर्खेत : सोसेक नेपालले राउटे बस्तिमा खाद्यन्न सहयोग गरेको छ । एइ.आई.एन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा संचालित राउटे परियोजना मार्फत खाद्यन्न सहयोग गरिएको हो ।

शनिवार प्रतिनिधि सभा सांसद सिता कुमारी राना, सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा,  उपाध्यक्ष कवि रिजाल लगायतको टोली बस्तिमा पुगेर सहयोग गरेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए ।

उनका अनुसार प्रत्येक घरमा ३० केजीका दरले ४० घरलाई चामल, नुन तेल, तरकारी लगातको खाद्यन्न वितरण गरिएको थियो । राउटे बस्तिमा खाद्यन्नको समस्या रहेको र बस्तिमा करिब डेढ लाख बराबरको खाद्यन्न वितरण गरिएको निर्देशक थापाले बताए । “अलि भत्ता वितरण धेरै पहिले गरिएको कारण अहिले वस्तिमा खाद्यान्नको समस्या साथै चिसो समय भएको कारण खाद्यान्न सहयोग गरिएको हो” थापाले भने ।

प्रतिक्रिया