जातीय विभेद अन्त्य गर्न जुट्दै दलित महिला

जातीय विभेद अन्त्य गर्न जुट्दै दलित महिला

जुम्ला :  समाजमा रहेको जातीय विभेद अन्त्य गर्न जुम्ला कनकासुन्दरी गाउँपालिकाका महिला एक थलोमा उभिएका छन् । उनीहरूले गाउँपालिकामा दलित महिला सञ्जाल गठन गरेर समाजमा व्याप्त जातीय विभेद लगायतका विकृतिका बारेमा आवाज उठाउन थालेका हुन् । गाउँमा जाने जातीय विभेद गर्दा भोग्नु पर्ने कानुनी जटिलताका बारेमा सहजीकरण गर्ने, बालविवाह, बहुविवाह, छुई प्रथा जस्ता कुरीति अन्त्यको लागि अभियान चलाउने गरेका हुन् ।

सुशासनको विषयमा पनि बोल्ने गर्दछन्।अहिले महिला सञ्जालले जागरण अभियान चलाएपछि धारापधेरामा सहजै रूपमा जान सकिने अवस्था छ, दलित सञ्जाल कनकासुन्दरीका उपाध्यक्ष राजकली कामीले भनिन्,‘यो सञ्जालले सबै प्रकारका विकृतिका विरुद्धमा सामूहिक आवाज उठाउँदै आएको छ। त्यही अनुसार गाउँमा परिवर्तन पनि आएको छ।उनका अनुसार सञ्जाल गठन भएदेखि बालविवाहका १० जोडी रोकिएको छ।दलित बालबालिकाले अहिले सहजै रूपमा स्कुल जान पाउँछन् । पहिले स्कुल गए पनि गैर दलित बालबालिकाले हेपिरहेका हुन्थे, राजकलीले भनिन् ।

अहिले रहर मानेर बालबालिका स्कुल जाने वातावरण बनाएका छौँ।उनीहरूले कनकासुन्दरी गाउँपालिका -६ मा बालविवाह गरेका जोडीलाई बोलाएर प्रशिक्षण दिएर आ आफ्नो घरमा पठाएका छन्। छुई हुँदा घरको सुरक्षित कोठामा बस्ने, गाउँमा मदिरा सेवन गर्न नदिने, मदिरा सेवन गरेर हो हल्ला गर्नेलाई कारबाही गर्ने, अटेर गरेको खण्डमा प्रहरीको बुझाउन तयारी हुने गरिएको स्थानीय सचिव भानु नेपालीले बताए।उनले भने, ‘गाउँमा विवाद ल्याउने, अशान्ति सिर्जना हुने कुनै पनि कार्य हुन दिँदैनौँ। यदि कसैले गाउँमा विवाद ल्याउन खोजेको खण्डमा सञ्जालमा रहेका सबै महिला एक भएर निगरानी समेत गर्छौँ। पहिले दलित भनेर घृणा गर्ने, तिरस्कार गर्ने, दलितलाई छाएको भन्दै छिटा हाल्ने चलन थियो। अहिले जातीय विभेद हुँदैन । बरु दलित र गैर दलित सँगै बसेर खाने बस्ने गरिएको छ।सञ्जालमा बसेपछि उनीहरू आफ्ना माग निर्धक्क पूर्वक राख्न सक्ने भएका छन्। अहिले धेरै बोल्न सिकेका छौँ ।’

उनका अनुसार निर्धक्क पूर्वक आफ्ना सवाल राख्छौँ। योजना निर्माणमा सहभागी हुन्छौँ। योजना माग्छौँ । बजेट विनियोजन गर्न दबाब दिन्छौँ।गाउँपालिका स्तरीय दलित सञ्जालले गाउँपालिका भित्रका ८ वटै वडामा आफ्नो संगठन विस्तार गरेको छ।अहिले भवन बनाइएको छ । पहिलो वर्ष भवनको माग गरिएको थियो । हामीले मागेका कतिपय माग पूरा भएका छन्। केही माग पूरा हुन सकेका छैनन् । सचिव नेपालीले भने गाउँदेखि जिल्लासम्म आफ्नो आवाज उठाउन सक्ने भइसकेको बताए । उनले गाउँमा विकृतिविरुद्ध सचेतना फैलाउनेदेखि कुरीतिविरुद्धका क्रियाकलापमा सहजै रूपमा सहभागी हुने अवस्था सिर्जना गरिएको सुनाए ।

पहिले विवाह गर्दा वा अन्य खुसीयालीमा आयोजना हुने भतेर पनि फरक फरक हुने गरिन्थ्यो। तर अहिले दलित गैरदलितको भोज एउटै हुन्छ । अहिले गाउँको सरसफाइदेखि गाउँमा निर्माण हुने हरेक विकास निर्माणका क्रियाकलापमा सक्रिय सहभागिता जनाउने गरिएको दलित सञ्जालले जनाएको छ । प्लानइन्टरनेशनल नेपालको आर्थिक सहयोग र क्याड नेपालको सहजीकरणमा सञ्चालित बाल छिटो तथा जबरजस्ती विवाह न्यूनीकरण परियोजनाले दलित सञ्जाल बनाउन पहल गरेको थियो । पटक पटक जातीय विभेद, छुई प्रथा, बालविवाह बारेमा सचेतना प्रदान गर्दै आएकोले यहाँका दलित महिला जागरूक बनेका हुन् ।

अहिले गाउँका जनप्रतिनिधि, स्थानीय सरकार, कर्मचारी सबै समक्ष सहजै रूपमा निर्धक्क पूर्वक आफ्नो माग राख्न सक्ने भएका हुन् । अहिले सञ्जालले दलित र निमुखाको आवाज भएको वडा अध्यक्ष प्रेम पछाइले बताए।दलित सञ्जालको सहयोगमा कनकासुन्दरी -८ गोरुचौरमा आफ्नो भवन निर्माण गरिएको छ । उक्त वडामा दलितको १ सय ५० घरधुरी सङ्ख्या छ। सबै कार्यक्रमहरू अहिले भवनमा हुन्छन्।अन्य कार्यक्रम गर्दा १ हजार देखि १ हजार ५ सय लिने गरिन्छ। भवन निर्माण कार्य लागि २०र७४ मा गाउँपालिकाले १० लाख सहयोग गरेको थियो ।-रातोपाटी

प्रतिक्रिया