दैलेखमा श्रीमानद्वारा श्रीमतीको हत्या

सुर्खेत : विवाह गरेको तीन महिनामै दैलेखमा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । गुराँस गाउँपालिका ८ माथिल्लो गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई सोमबार राति साढे १० बजेको समयमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
खड्का र विसीबीच गएको मंसिर महिनामा विवाह भएको थियो । खड्काले काठको गरालोले हान्दा उनको श्रीमतीको मृत्यु भएको हो । ढोकामा लगाउने गरालोले हानेर हत्या भएको प्रहरीले जनाएको छ । श्रीमान श्रीमतीबीच सामान्य विवाद हुँदा श्रीमानले काठको गरालोले हान्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको हो ।
शवलाई दैलेख जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि ल्याईएको छ भने श्रीमान कृष्णलाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किशोर लम्सालले बताए । उनकाअनुसार श्रीमान श्रीमती नै मानसिक रुपमा समस्या भएका थिए ।
प्रतिक्रिया