दैलेखको चामुण्डामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै

दैलेखको चामुण्डामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै

दैलेख : जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिकामा विहीबारबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ । २८ वर्षपछि सदरमुकाम बाहिर हुन लागेको हो ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुको खेलकूदप्रति लगाव बढाउन हरेक वर्ष गर्ने प्रतियोगिता गर्न श्रोतको व्ययभार लिन चामुण्डाबिन्द्रासैनी नगरपालिकाले तप्परता लिएको कारण झण्डै तीन दशकपछि जिल्ला सदरमुकाम बाहिर गर्न लागिएको हो ।

संघीय सरकार र प्रदेश सरकारबाट हामीलाई आए प्राप्त सानो रकमले आयोजना गर्न खर्च धान्न कठिनाई भएको बेला चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आयोजना गर्ने जिम्मेवारी लिइदिएकोले जम्बुकाँधमा प्रतियोगिता गर्ने तयारी भएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष गोपाल बीसीले बताए ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख मेयर गणेशबहादुर शाहीले जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिदिन जिल्ला खेलकूर विकास समितिबाट अनुरोध आए अनुसार हामीले तत्परता लियौं, तयारी पनि झण्डैं पूरा भएको जानकारी दिए ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सहभागी, खेलकूद प्रतियोगिताको व्यवस्थापनका लागि खटिने प्रशिक्षक तथा रेफ्री र पाहुना समेतका लागि यातायात, आवास व्यवस्था समेतको सहयोग गर्न चामुण्डाबिन्द्रासैनी नगरपालिकाले विषयगत समिति बनाएर काम पूरा गरिसकेको मेयर शाहीले बताए ।

फागुन ४ गतेदेखि ७ गतेसम्म चल्ने प्रतियोगितामा भलिबल, कपर्दी, एथ्लेटिक १ सय, २ सय , ४ सय , ८ सय , १ हजार पाँचसय र तीनहजार मीटर दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्पक, सर्टफूट, ज्याब्लिङ्ग थ्रो खेलहरु खेलाइने जिल्ला खेलकूद विकास समितिका कार्यालय सचिव भूपेन्द्र शाहीले बताए ।

सदरमुकामको कभडहलमा खेलाउन सजिलो हुने भएकोले तेकेन्दो र कराते खेल फागुन १२ गते दैलेख सदरमुकाममा गरिने पनि कार्यालय सचिव भूपेन्द्र शाहीले बताए । खेलकूद प्रतियोगिता उद्घाटन गर्न कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा ‘आर्ट’ले गर्ने कार्यक्रम तय भएको छ । तयारी पूरा गरिएको छ तर व्यवस्थित गराउन सबै प्रयासहरु गरिएकोले असुविधा होला कि भन्ने चिन्ता नगर्न पत्रकार सम्मेलनमा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर शाहीले सरोकारवालासंग आग्रह गरेका छन् ।

प्रतिक्रिया