सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत :  सुर्खेतमा ट्याक्टर दुर्घटना भएको छ । रत्नराजमार्ग अन्तर्गत ठुलो बिउरेनीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

बुधबार दिउँसो करिब साढे तिन बजे वीरेन्द्रनगर ११ ठुलो बिउरेनीमा नजिकै बालुवा लिएर वीरेन्द्रनगर तर्फ आउदै गरेको भे १ त ४४८३ नम्बर ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु, दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा लेकबेसी नगरपालिकाका १५ का जितेन्द्र नेपाली रहेका छन् । लेकबेसी नगरपालिका वर्ष १५ सन्दिप सुनार र वीरेन्द्रनगर नगरपालिका ११ का वर्ष २८ जिवन बादीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भई सडकबाट लगभग २५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रहरी नायब उपरिक्षक डिएसपि लक्ष्मण बहादुर शाहीले जानकारी दिएका छन् । घाइतेहरुको माया नर्सिङ होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया