भेरी नदि किनारामा वेवारिसे अवस्थामा शव फेला

सुर्खेत : जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१० स्थित भेरी नदीको किनारामा वेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पहिचान नखुलेको अन्दाजी ३५/३६ वर्षको जस्तो देखिने पुरुषको शब फेला परेको हो।
शव भेरी नदीको किनारमा देखेपछि भेरीगंगा नगरपालिका–२ का वडा अध्यक्ष चिरञ्जिवी बुढाले प्रहरी चौकी सुब्बाकुनामा टेलिफोन मार्फत जानकारी गराएका थिए ।
सुचना प्राप्त भएपछि प्रहरी सहायक निरिक्षकको कमाण्डमा ४ जना र तालुक ईलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोलि खटिगएको थियो । प्रहरीले शव भेरी नदीको किनारमा घोप्टो अवस्थामा अड्किएको र सडेकोले अनुहार चिन्न नसकिने अवस्थामा निकालेको थियो ।
प्रतिक्रिया