कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

कांग्रेस नेता भण्डारीलाई थप उपचारका लागि भारत लगिँदै

काठमाडौँ :  ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए । उनीहरू दुवैको अहिले कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै थप उपचार नेपालमा सहज नहुने भएकोले दुवै जनालाई देश बाहिर लगी उपचार गर्न सिफारिस गरिएको उल्लेख गरेको छ ।

नेता भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमा ८७ वर्षीय हरिकला भण्डारीको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । विस्फोटपछि भएको आगलागीमा परेकी आमालाई बचाउने क्रममा नेता भण्डारीको शरीरमा पनि आगो लागेको थियो ।

राति करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो । अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार उपचारका लागि भारत लैलानेबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया