प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
![प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/kp-oli-prachanda-2_qMB1gH8BiI_eRiAlmgI43_4kt7rdn9ebeofdct1olzwvp2mv6rydmuwsdzgrcmoeu8kund6k504ofyjibb.jpg)
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।
उनीहरूबीच समसामयिक राजनीतिका बारेमा छलफल भएको हो । आजको छलफल राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रीत हुने नेताहरूले बताएका छन् । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ ।
१३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा माओवादी केन्द्रलाई गठबन्धनबाट बाहिर जान नदिन एमाले अध्यक्ष ओली निरन्तर कसरतमा छन् । ‘प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष केपी शर्मा ओली बिहानै बालुवाटार पुग्नुभएको छ । उहाँहरुबीच राष्ट्रपतिकै चुनावको विषयमा केन्द्रीत भएर छलफल छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘राष्ट्रपति चुनावको विषयमा विभिन्न अड्कलबाजी सहितका प्रचार हुन थालेपछि प्रचण्ड र ओली छलफलमा बस्नुभएको हो ।’
प्रतिक्रिया