संविधानमाथि प्रहार भइरहेको छ : थापा

संविधानमाथि प्रहार भइरहेको छ : थापा

सुर्खेत :  नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य अम्मर बहादुर थापाले वर्तमान सरकारलाई दक्षिणपन्थी खिचडी सरकारको संज्ञा दिएका छन् ।

आज बिहान वीरेन्द्रनगरका आयातित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारमा सहभागी मन्त्रीहरूले नै सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी अभिव्यक्ति दिएर संविधानमाथि प्रहार भइरहेको उनले बताए ।  यस्तो खालको कार्यको समाजवादीले विद्रोह गर्ने छ,उनले भने । खिचडी सरकारबाट देशको भविष्य नरहेको बताउँदै उनले वर्तमान सत्ता गठबन्धन धेरै दिन नटिक्ने बताए ।

साथै राष्ट्रपति दल भन्दा बाहिरको व्यक्ति बनेको खण्डमा समाजवादीले समर्थन गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया