गुर्भाकोटमा ऐतिहासिक धार्मिक मेला
सुर्खेत : गुर्भाकोट नगरपालिका वडा नम्बर २ अवस्थित लेकमालारानी गुफामा चौथो पटक शिवरात्रीको अबसरमा पारी फागुन ६ गते धार्मिक मेला लाग्ने भएको छ । “ऐतिहासिक गुफा गुर्भाकोट नगरपालिकाको आधार, आर्थिक सामाजिक पर्यटनको पुर्वाधार” भन्ने मुल नाराका साथ चौथो लेकमालारानी ऐतिहासिक धार्मिक मेला गुफा मुल समिती र गुर्भाकोट नगरपालिकाको आयोजनामा मेला लाग्ने भएको हो ।
बिगत ४ बर्ष पहिले उक्त गुफा भेटिए सङ्गै गुफालाई पर्यटन विकास र प्रवद्र्धन बिस्तार गर्नका लागि गुफालाई नगर सरकारको मातहतमा रहे सङ्गै नगर प्रमुख हस्त पुन तथा उप प्रमुख मैना बिकले मेला उद्घाटन गर्दै आएका थिए । सोही गुफा स्थानीय निवासी अमृत डाङ्गीले बाख्रा चराउने क्रममा बाख्रा हराए पछि खोजी कार्य गर्दा गुफा भित्रबाट बाख्राको आवाज आएको हुँदा बाख्रा लाई उद्दार गर्ने क्रममा गुफा भेटेको स्चानियवासीले बताउँछन् । गुफा भित्र शिव लिङ्ग हात्तीका मुर्ति लगायत विभिन्न भगवानका अलौकिक अवशेष रहेका छन् । गुफा उत्तर र पश्चिम गरि लगभग २ किलोमिटरको रहेको छ ।
गुफा भेटिए सङ्गै यस स्थानमा सोलार मार्फत बत्ति, हिडडुल गर्नका लागि सिढी, आश्रम, शौचालय शिवजीको मन्दिर लगायत सडक बिस्तारका लागि नगरपालिकाले करोडौ रुपैयाँ लगानी गरेको छ । गुफा पत्ता लागेको साल धेरै दर्शकले अवलोकन गरेको स्थानीयहरुले बताएका छन् । हरेक वर्ष शिबवरात्रीको अबसर पारी लाग्ने गरेको मेला यस बर्ष पनि विभिन्न स्थानबाट श्रद्दालु भक्तजनहरु शिव भगवानको प्राथना गरि आशिर्वाद ग्रहण साथै गुफाको अबलोकन गर्ने विश्वास गरीएको छ ।
यस गुफामा भक्तजनहरु दर्शन तथा अवलोकन गर्न सुर्खेत, सल्यान, बाके, बर्दिया, दैलेख, जाजरकोट र रुकुम लगायत अन्य जिल्ला बाट आउने गरेको पाइन्छ । यस बर्ष मेला ५ गते साँझ देखि धार्मिक साङ्गितिक भाजन कृतन सहित भोलि पल्ट साँझ सम्म लाग्ने मेला मुल समितीले जानकारी दिएको छ । यस वर्ष गुफा दर्शन तथा अवलोकनका लागि २० हजार जना उपस्थित हुने मेला उपसमितिले अनुमान गरेको छ ।-दर्शनखबर
प्रतिक्रिया