तीन जना नवनियुक्त कुलपतिले लिए शपथ

काठमाडौँ : नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले शपथ लिएकी छन् । त्यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शपथ लिएका छन् । त्यसैगरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले शपथ लिएका छन् ।
प्रतिक्रिया