दैलेखमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

दैलेखमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

सुर्खेत :   विहीबारबाट दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्धाटन गरिएको छ  । बिहिबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा (आर्ट)ले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन् गरेका हुन्  ।जिल्ला खेलकुद विकास समिति दैलेखको आयोजना तथा चामुण्डावीन्द्रासैनी नगरपालिकाको सह-आयोजनामा  प्रतियोगिता संचालन भएको आयोजकले जनाएको छ ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्धाटन गर्दै मुख्यमन्त्री शर्माले खेलकुद राष्ट्रको गहना र स्वास्थ्यका लागि फाइदाजकन भएकाले खेल क्षेत्रको लागि प्रदेश सरकारले पुर्ण सहयोग गर्ने बताए ।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुको खेलकूदप्रति लगाव बढाउन हरेक वर्ष गर्ने प्रतियोगिता गर्न श्रोतको व्ययभार लिन चामुण्डाबिन्द्रासैनी नगरपालिकाले तप्परता लिएको कारण झण्डै तीन दशकपछि जिल्ला सदरमुकाम बाहिर संचालन भएको बताइएको छ ।

संघीय सरकार र प्रदेश सरकारबाट हामीलाई प्राप्त सानो रकमले आयोजना गर्न खर्च धान्न कठिनाई भएको बेला चामुण्डाबिन्द्रासैनी नगरपालिकाले आयोजना गर्ने जिम्मेवारी लिइदिएकोले जम्बुकाँधमा प्रतियोगिता आजबाट संचालन भएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष गोपाल बीसीले बताए ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सहभागी, खेलकूद प्रतियोगिताको व्यवस्थापनका लागि खटिने प्रशिक्षक तथा रेफ्री र पाहुना समेतका लागि यातायात, आवास व्यवस्था समेतको सहयोग गर्न चामुण्डाबिन्द्रासैनी नगरपालिकाले विषयगत समिति बनाएर काम पूरा गरिसकेको मेयर गणेश बहादुर शाहीले बताए ।

आज उद्घाटन् भएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन ४ गतेदेखि ७ गतेसम्म चल्ने छ । प्रतियोगितामा भलिबल, कपर्दी, एथ्लेटिक १ सय, २ सय, ४ सय, ८ सय, पन्ध्रसय र तीनहजार मीटर दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्पक, सर्टफूट, ज्याब्लिङ्ग थ्रो खेलहरु खेलाइने जिल्ला खेलकूद विकास समितिका कार्यालय सचिव भूपेन्द्र शाहीले बताए । आज उद्धाटन भएको खेल भोलीबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया