नतिजा देखिने गरि काम गर्नुहोस् : अध्यक्ष शाह
सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाहले कर्णाली प्रदेशका १० वटै जिल्लाका नेताहरुलाई नतिजा देखिने गरि पार्टीको गतिविधि बढाउन आग्रह गरेका छन्। वीरेन्द्रनगरमा भएको नेकपा एमालेले स्थानीय तह परिचालनमा पार्टी काम सम्बन्धि प्रदेशस्तरीय अभिमूखीकरण कार्यक्रममा अध्यक्षले यस्तो आग्रह गरेका हुन् ।
बिहीबार नेकपा एमाले कर्णाली प्रदेश कमिटी सुर्खेतको आयोजना र एमाले केन्द्रीय स्थानीय विकास विभागको सहजिकरणमा अभिमूखीकरण कार्यक्रम भएको हो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष शाहले एमाले पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओली राती राती पनि पार्टीको काममा खटिने गरेको उदाहरण दिँदै त्यसैगरि लाग्न सबै सहभागीहरुलाई आग्रह गरे । उनले भने, ‘जिल्ला कमिटिका पदाधिकारीहरुले गाह्रो नमान्नुहोला हामीले पनि पार्टी सुदृढीकरणका लागि काम त गरेका छौँ नगरेका हैनौं । तर, नतिजा देखिने खालको कुनै काम भएका छैनन्। प्रदेश कमिटिले दिएको जिम्मेवारीको कार्यासम्पादन पनि सन्तोष जनक भएका छैन् ।’
शाहले यस प्रकारको कार्यक्रम कर्णाली प्रदेशमा दोस्रो पटक भएको बताए। ‘पहिलो पटक भएको कार्यक्रम सकरात्मक र सम्झन खालको भएको थियो। आजको कार्याक्रममा पनि जिल्लादेखि केन्द्र स्तरका नेताहरु सहभागी हुनुहुन्छ। भने नेतृत्व हाँक्न सकने क्षमता पनि हामीसँग छ। जसमा आजको अभिमूखीकरणले थप सहज बनाएको छ। तर, साथीहरुले सिकेको कुरा व्यवहाराम उतार्नुपर्छ। त्यो देखिएको छैन् ।’ उनले भने ।
अध्यक्ष शाहले पार्टी केन्द्रले मिसन ग्रासरुटका लागि खटाएका ठाउँहरुमा नेताहरु खटिएर पार्टीको निती र विद्यान अनुसार काम गर्नुपर्ने समय पनि आएकाले तयारी अवस्थामा बस्नुपर्ने बताए ।
यस्तै, एमाले स्थायी कमिटि सदस्य तथा कर्णाली इन्चार्ज यामलाल कँडेलले पार्टीमा एक बर्ष भित्र भएको गतिविधिको परिमाण निराशाजनक आएको र अब पार्टीमा केही नयाँ देखिने गरि लाग्न सहभागीहरुलाई निर्देशन दिए ।
साथै अभिमुखीकरणमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले प्रशिक्षण दिएका थिए। दाहालले स्थानीय तह सञ्चालन निर्देशिका २०७९ सम्बन्धमा सबै कमिटीहरुमा एउटै बुझाई निमार्ण गर्ने, निर्देशिकामा उल्लेखित कार्यविधि तथा कामको समान ढाँचा तय गर्ने, जिल्ला आधारित अभिमूखीकरण कार्यक्रम तथा वार्षिक कार्ययोजनाको खाका तय गर्ने विषयहरुमा प्रशिक्षण दिएका थिए ।
परिक्षण कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाबाट जिल्ला किमिटि पदाधिकारी, प्रदेश तथा केन्द्र स्तरका नेताहरू सहभागी भएका थिए ।
प्रतिक्रिया