अनेरास्ववियुको अध्यक्षमा बडाल विजयी
![अनेरास्ववियुको अध्यक्षमा बडाल विजयी](https://snowberry.prixacdn.net/media/gallery_folder/badal_AZW9L91GkG_n8owouxv5j1ebftqwyb78uuih2hw9xqpiduqc0rdlbjg50mvhzj3zdgwziqm.jpg)
काठमाडौँ : नेकपा एमालेको भ्रातृ संगठन नेपाल स्वतन्त्र विद्यार्थी युनिययन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । २३औं राष्ट्रिय महाधिवेशनअन्तर्गत गएराति भएको मतदानबाट बडाल अध्यक्षमा निर्वाचित भएका हुन् । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो ।
काभ्रेको रोसी गाउँपालिका बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुन् । मतपरिणाम औपचारिक घोषणा गर्न बाँकी छ ।
प्रतिक्रिया