प्रसुति केन्द्रलाई सामग्री सहयोग
रुकुमपश्चिम : वान हर्ट वल्र्ड वाइडले रुकुम पश्चिमका विभिन्न पालिकामा रहेका वर्थिङ सेन्टरहरुमा आवश्यक सामग्री सहयोग गरेको छ । वान हर्टको आर्थिक सहयोग, रुकुमेली समाज विकास केन्द्रको सहकार्य र स्थानीय सरकारको साझेदारीमा विभिन्न ठाउँमा रहेका वर्थिङ सेन्टरहरुमा सामाग्री सहयोग गरिएको हो ।
मातृ तथा नवजात शिशु, स्वास्थ्य सुध्रिढिकरण परियोजना अन्तरगत त्रिवेणी गाउँपालिकाको सिम्रुतु स्वास्थ्य चौकी, पेउघा स्वास्थ्य चौकी र सानीभेरी गाउँपालिकामा रहेको चाइनावगर स्वास्थ्य चौकीमा रहेका वर्थिङ सेन्टरहरुमा अतिआवश्यक सामग्रीहरु सहयोग गरिएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक लोकमणि गिरीले बताए ।
उनका अनुसार डेलिभरी वेड, डेलिभरी सेट, सक व्यवस्थापन लगायत अतिआवश्यक सामग्री सहयोग गरिएको हो । ७ लाख मुल्य बराबरका सामाग्रि सहयोग गरिएको गिरीले बताउनुभयो । जिल्लाका अन्य पालिकाहरुमा रहेका वर्थिङ सेन्टरहरुलाई पनि उक्त सामग्री सहयोग गर्ने योजना रहेको उनको भनाई छ ।
आवश्यकताको आधारमा सामग्री सहयोग गरिने छ । यसबारेमा अन्य पालिकामा छलफल भइरहेको बताए । वर्थिङ सेन्टर नभएको तर पुर्वाधारको कमिले समस्या भएका वर्थिङ सेन्टरमा सामग्री सहयोग भइरहेको छ ।-कखरा
प्रतिक्रिया