मुसिकोट नगरपालिका निर्माण गर्दै ५ वर्षे आवधिक योजना

मुसिकोट नगरपालिका  निर्माण गर्दै  ५ वर्षे आवधिक योजना

रुकुम पश्चिम : जिल्लाको मुसिकोट नगरपालिकाले आवधिक योजना निर्माण गर्दै छ । जसका लागि नगरपालिकाले २ दिने गोष्ठी आयोजना गरेको छ । आजबाट सुरु भएको आवधिक योजना निर्माण सम्वन्धि पूर्व तयारी कार्यशाला गोष्ठी भोलीसम्म संचालन हुने छ । हेड लाइट प्रा।लि। काठमाडौंको सहजिकरणमा नगरपालिकाले गोष्ठी आयोजना गरेको हो ।

५ वर्षे आवधिक योजना निर्माण हुन लागेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताए । गोष्ठीको आज पहिलो दिन सहजकर्ता रमेश अधिकारीले विकास र योजनाको संक्षिप्त प्रस्तुतिका साथै मुसिकोट नगरपालिकाको आवधिक योजना निर्माणको प्रक्रियाका बारेमा जानकारी गराएका गिए ।

भोली सामाजिक विकास क्षेत्रको अवधारणा, मुसिकोट नगरपालिकाको परिकल्पना, लक्ष, उदे्श्यहरु, रणनीति र कार्यनीतिको निर्माण, पालिकाका सवल पक्षहरु, सुधार गर्नुपर्ने पक्षहरु, अवसरहरु र चुनौतीहरुको विश्लेषण, विषयगत समितिको नेतृत्वमा लक्ष, उदे्श्यहरु, रणनीति र कार्यनीतिहरुको निर्माण र विषयगत समितिहरुको सोच, लक्ष र कार्यक्रमहरुको निर्माणका बारेमा सहजिकरण हुने खड्काले बताए ।

करिब ३ महिनामा आवधिक योजना निर्माण हुने सहजकर्ता कर्णवहादुर नेपालीले बताए । यो पूर्व छलफल रहेको र छलफल पछि वडास्तरमै पुगेर योजना निर्माण हुने उनको भनाई छ । त्यसरी निर्माण भएको आवधिक योजनाका बारेमा फेरि यसैगरी छलफल हुने र त्यसपछि नगरलाई हस्तान्तरण गर्ने ताए ।

 

प्रतिक्रिया