हिमा गाउँपालिकाले पुरानै शैक्षिक सत्रलाई निरन्तरता दिने

हिमा गाउँपालिकाले पुरानै शैक्षिक सत्रलाई निरन्तरता दिने

जुम्ला :  जिल्लाको हिमा गाउँपालिकाले पुरानै शैक्षिक सत्रलाई निरन्तरता दिने भएको छ। जुम्लामा पुस १० गतेदेखि माघ २५ गतेसम्म पचास दिन बिदा हुने र बिदा सकिए लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन हुँदै आएको छ । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संसाधन विकास केन्द्रले ०७९ माघ ६ गते देशभरका विद्यालयहरूलाई २०८० सालको शैक्षिक सत्र वैशाख १ गतेदेखि लागू गर्न निर्देशन दिएको थियो । उक्त निर्णय जुम्लाको लागि अनुकूल नहुने हिमा गाउँपालिकाको ठहर छ ।

पुस १० अगाडि नै वार्षिक परीक्षा सञ्चालन गरिएको हुँदा स्कुल सुरु हुने बित्तिकै नयाँ शैक्षिक सत्र लागू गरिएको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताए । हामीले हिमा गाउँपालिका भरिका सम्पूर्ण प्रअहरुसँग राय लिँदा पुरानै शैक्षिक सत्र सहज हुने सुझाव दिए, उनले भने,ुत्यसैले पुरानै शैक्षिक सत्र अनुसार विद्यार्थी भर्ना लिने निर्णय गरिएको छ।

जिल्लाका ८ वटै स्थानीय तहहरूमा नयाँ शैक्षिक सत्र माघ २५ गतेदेखि लागू हुने गरेको छ । सबैले यसैलाई निरन्तरता दिए पनि मन्त्रालयको निर्णय के गर्ने भनी ठोस निर्णय गरेका छैनन्। पालिकाले हिमाका सम्पूर्ण विद्यालयहरुमा पाठ्यपुस्तक चाँडो उपलब्ध गराउन सरोकारवाला निकायसँग माग गरेको अध्यक्ष शाहीले बताए ।

प्रतिक्रिया