वडा कार्यालयको भवन शिलान्यास

वडा कार्यालयको भवन शिलान्यास

सल्यान :  सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न ७ मैदुपोखरीमा वडा कार्यालयको भवन शिलान्यास गरिएको छ ।

शुक्रबार एक कार्यक्रमका बीचमा नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले भवनको शिलान्यास गर्नु भएको छ । उक्त भवन शिलान्यास कार्यक्रम बोल्दै नगर प्रमुख बुढाथोकीले पाँच वर्ष भित्र सबै वडा कार्यालयहरु सरकारी भवनबाट जनतालाई सेवा दिने गरि लाग्ने बताए । समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई समेत आग्रह गरेका छन् ।

शिवशक्ति प्रिजमा निर्माण सेवा कम्पनीले भ्याट बाहेक ७७ लाखमा असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि जिम्मेवारी लिएको इन्जिनियर महेश देवकोटाले बताए ।

प्रतिक्रिया