जुनीचाँदे गाउँपालिकाका २ वडामा तोडफोड

सुर्खेत : जाजरकोटको जुनीचाँदे गाउँपालिका भित्रका दुई वडामा अज्ञात समुहले तोडफोड गरेको छ । हिजो राती वडा नं -३ र ५ को वडा कार्यालयमा तोडफोड भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले बताए ।
वडा नं. -३ मा ताला फोडेर ल्यापटप महत्वपूर्ण कागजातहरु चोरी भएका छन् भने वडा नं ५ मा दुई वटा ल्यापटप, प्रिन्टर, नागरिकता सम्बन्धी फाइलहरु चोरी भएको नेपालीले बताए । वडा कार्यालयहरुमा प्रहरी पुगिसकेको र आवश्यक अनुसन्धान भईरहेको उनले बताए । कसले वडा कार्यालयमा तोडफोड गरेको भन्ने खुल्न सकेको छैन ।
प्रतिक्रिया