स्वास्थ्य संस्थाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सुरु

स्वास्थ्य संस्थाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सुरु

हुम्ला :  सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले गाउँपालिका भित्रका सम्पुर्ण स्वास्थ्य संस्थाको अर्धवार्षिक समीक्षा कार्यक्रम सुुरु गरेको छ । शनिवार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य संस्थाद्वारा गत साउनदेखि पुस अन्तिम सातासम्मको भए गरेका गतिविधिको लेखाजोखा गर्ने कार्य गरिएको हो ।

गाउँपालिका भित्रका १३ वटा स्वास्थ्य संस्थाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम मार्फत प्रत्यके स्वास्थ्य संस्थाको जानकारि लिनका लागि उक्त कार्यको थालनी गरिएको स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक नर भण्डारीले बताए ।

कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाबाट ६ महिनामा सम्पादन भएका क्रियाकलाप, उपरकण, जनशक्ति, भौतिक अवस्था लगायतका विषयको समिक्षा कार्य सुरु गरिएको छ । सो कार्यक्रममा प्रत्येक स्वास्थ्य संस्थाले पालैपालो आफ्नो प्रगति बिबरण कार्यक्रममा प्रस्तुुत गर्दै आएको र बाँकी रहेका स्वास्थ्य संस्थाको प्रगति प्रतिवेदन आइतबार गरिने भएको संयोजक भण्डारीको भनाई छ ।

दुुई दिनसम्म सञ्चालन हुने अर्धबार्षिक समीक्षा कार्यक्रममा उठेका समस्यालाई कसरी समाधान गर्ने भन्ने बारेमा पनि समिक्षा मार्फत उपाय खोज्ने भण्डारीले बताए । कार्यक्रममा गाउँपालिकाले आफ्नो समग्र प्रस्तुुति र जिल्ला अस्पतालले पनि आफ्नो प्रगति विवरण प्रस्तुुत गर्ने भएको छ ।

समीक्षा कार्यक्रमको उद्घाटन सत्रमा गाउँपालिका कार्य बाहक अध्यक्ष नन्द रावत, निमित्त प्रमुख प्रशासकीय अधिकृत ममता महत, स्वास्थ्य सेवा कार्यालयका कार्यालय प्रमुुख प्रेमबहादुुर सिंह लगायतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया