पढाई शिविर सहजकर्ताको लागि क्षमता अभिवृद्धि तालिम संचालन

सुर्खेत : दैलेखको भगवतीमाइ गाउँपालिकामा पढाई शिविर सहजकर्ताको लागि क्षमता अभिवृद्धि तालिम संचालन भएको छ । वर्ल्ड भिजन इन्टनेश्नल नेपालको सहयोग सोसेक नेपालद्वारा संचालित समाबेसि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत तालिम संचालन गरिएको हो ।
समुदायमा रहेका १५ वटा बिद्यालयको कार्यक्षेत्रबाट छनौट गरि पठाएका पढाइ शिबिर स्यमंसेवकहरुको लागि क्षमता बिकास तालिम संचालन भएको बताइएको छ ।
तालिम भगवतिमाई गाँउपालिकको भवनमा चलेको छ भने उक्त तालिम तिन दिनसम्मा चल्नेछ । तालिमको सहजिकरण परियोजना संयोजक बासुदेब उपाध्ययले गरेका थिए ।
प्रतिक्रिया