बालबालिकाको अवस्था विश्लेषण सम्बन्धि अन्तरक्रिय कार्यक्रम

बालबालिकाको अवस्था विश्लेषण सम्बन्धि अन्तरक्रिय कार्यक्रम


सुर्खेत :  स्थाननीय स्तरमा बालबालिकाको अवस्था विश्लेषण सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वर्ल्ड भिजन इनटनेश्नल नेपालको आर्थिक सहयोग सोसेक नेपाल दैलेख र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटद्वारा साञ्चालित बाल प्रयोजन , समाबेसि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्गत स्थानिय स्तरमा बालबालिकको अवस्था विश्लेषण सम्बन्धि तालिम संञ्चालन भएको हो ।

तालिम वर्ल्ड भिजनले काम गर्ने सहयोगी संस्थाको कार्यक्षेत्र र दैलेखको भगवतीमाई तथा जाजरकोटको भेरी नगरपालिकाको वडाहरुवाट छनौट गरि पठाएका २९ जनाको सहभागिता रहेको थियो । तालिममा बालबालिकाको अधिकार , बाल संरक्षण सम्बन्धि अवधारण,बालअधिकारको सुत्रपात,र स्थानिय निकाएमा बालअधिकारको प्रयास, नेपाल सरकारको नीति नियमहरुको बारेमा छलफल समेत गरिएको थियो ।

त्यस्तै तालिममा प्रयोगात्मक ,समूह सहजीकरण,र ग्यालरी अव्जरब्यसन गरिएको थियो । तालिमको सहजीकरण वर्ल्ड भिजन नेपाल धनगढी प्रटेक्सन अफिसर मनोज बिष्ट र पदम भट्टले गरेका थिए । तालिमको उद्घाटनमा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले समुदायमा अधिकार, संरक्षण ,नीति र बनिसकेको र अब कार्यान्वयन गर्न लाग्नु पर्ने बताए ।

नीति भएर हुदैन, स्थिती शुधार गर्नुपर्नेकुरा बताएका थिए । तालिम २ दिन दैलेखको मान सरोबर होटलमा चलेको थियो ।

प्रतिक्रिया