सेना दिवसमा जुम्लाका दुई व्यक्ति सम्मानित

जुम्ला : नेपाली सेना दिवसको अवसरमा जुम्लाका दुई जना व्यक्तित्व सम्मानित भएका छन् । सेनाको २६० औँ स्थापना दिवसको अवसरमा कदर पत्र प्रदान गरेर सम्मान गरेको हो ।
सैनिक मञ्च टुँडिखेलमा सैनिक दिवसको अवसरमा मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत र जुम्लाका विष्णुबहादुर बुढ्थापा सम्मानित भएका हुन । शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजिक समारोहमा उनीहरु सम्मानित भएका हुन् ।
महतले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन ०७९ स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न भूमिका निर्वाह गरेको भन्दै सेनाले सम्मान गरेको हो ।
त्यस्तै समाजसेवी बुढ्थापालाई नेपाली सेनाका विभिन्न गतिविधिहरुमा अमुल्य योगदान दिई सेनाको छवि उच्च राख्न सहयोग गरेको भन्दै सम्मान गरिएको हो । यस्तै मुगुका प्रहरी नायव उपरीक्षकलाई पनि सम्मान गरिएको छ ।
प्रतिक्रिया